19.1 C
Kathmandu
Friday, April 17, 2026

कुश्मा नगरपालिकामा नगर प्रमुख रोजगार कार्यक्रम सुरु हुँदै

लक्ष्मण बिसि,पर्वत- पर्वतको कुश्मा नगरपालिकामा नगर प्रमुख रोजगार कार्यक्रम सुरु हुने भएको छ । उक्त कार्यक्रमको लागि सूचना मार्फत नगरपालिकाले आयोजना पेश गर्न आह्वान गरेको हो ।
कुश्मा नगरपालिकाभित्रका वेरोजगार युवाहरूलाई स्थानीय स्तरमा रोजगारी सृजना गर्न तथा आय आर्जनका क्रियाकलाप सञ्चालन गरी सामुदायिक पूर्वाधार निर्माण, कृषि, अध्ययन, अनुसन्धान लगायतका विविध क्षेत्रहरूमा संलग्न गराई वेरोजगारी र शैक्षिक बेरोजगारीको समेत समस्या समाधानमा योगदान पुर्याउन कुश्मा नगरपालिकाको नगर प्रमुख रोजगार कार्यक्रम संचालनमा आएको हो ।
उक्त कार्यक्रममा आवद्ध भई रोजगारीको लाभ लिनका लागि नगर प्रमुख रामचन्द्र जोशीले नगरवासीहरुलाई अनुरोध गरेका छन् । इच्छुक समूहले प्रक्रिया पूरा गरी आयोजनाको माग गर्न सकिने उनले बताए । आयोजनाका क्षेत्रहरुमा रोजगारी सिर्जना गर्ने दीगो उत्पादनमा आधारित सामूहिक र एकीकृत खेती, जलचत्र खानेपानी संरक्षण तथा व्यवस्थापन गरी रोजगारी सिर्जना हुने कार्यक्रमहरु, जलवायु तापक्रम, मानव उत्पन्न प्रकोप व्यवस्थापन तथा न्यूनीकरणका क्षेत्र, ताल तलैया, जलाशय निर्माण तथा रिचार्ज पोखरी मर्मत तथा संरक्षणका क्षेत्र राखिएको छ ।
यस्तै खेलकुद प्रवद्र्धन र पूर्वाधार निर्माण, शिक्षा, तालिम, जनचेतनामूलक अभियानहरु, रोगारमुलक कृषि तथा पशुपालन, वृक्षारोपण तथा पर्यावरण संरक्षणमा आधारित कृषि, वन विकास, अध्ययन, अनुसन्धान र रणनीतिक संचार एवं पर्यटन प्रवद्र्धन, पूर्वाधार निर्माण, मर्मत तथा संभार, वातावरण संरक्षण र जलवायु परिवर्तन अनुकुलन सम्बन्धि कार्यक्रमहरु, वैदेशकि रोजगारीबाट फर्केका युवा समूहका नवीन योजनाहरु पनि आयोजनाका क्षेत्रहरुका रुपमा राखिएको छ ।
आयोजना माग गर्दा नगर प्रमुख रोजगार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ को अनुसूचि २ बमोजिमको ढाँचामा माग्नुपर्ने, कम्तीमा एकाघर बाहेकका सात जना उपभोक्ताको समूह बनाई माग गर्नुपर्ने, एक समूहमा आवद्ध भएको व्यक्ति अर्को समूहमा आवद्ध हुन नपाउने नगर प्रमुख जोशीले बताए ।

ताजा

Related Articles