19.1 C
Kathmandu
Friday, April 17, 2026

पर्वत जेसिज-2025 का लागि अध्यक्षमा पौडेल निर्वाचित

पर्वत : पर्वत जेसीज वर्ष २०२५ का लागि अच्युत पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
वर्ष २०२५ को नयाँ कार्यसमिति निर्माण गर्नका लागि बुधवार पर्वत जेसीजको सचिवालयमा सम्पन्न भएको २८ औँ शाखा अधिवेशन तथा २९ औँ वार्षिक साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । नयाँ कार्यसमितिको अध्यक्षीय सल्लाहकारमा गणेश पौडेल टु आर जी, कानुनी सल्लाहकारमा अमृत पोख्रेल, कार्यकारी उपाध्यक्षमा मञ्जु पौडेल र शर्मिला पौडेल, महासचिवमा प्रवेशराज पुरी, कोषाध्यक्षमा झलक चापागाईँ, उपाध्यक्षमा सुजन पौडेल र पार्वती शर्मा चयन भएका छन् ।
वर्ष २०२५ का अध्यक्ष अच्युत पौडेलले जेसीहरुबीचको सहकार्य, एकता र प्रतिबद्धताले पर्वत जेसीजलाई अझै उच्च स्थानमा पुर्‍याउने विश्वास लिएको बताए । नेतृत्व र व्यक्तित्व विकासको लागि स्वतःस्फूर्त समाजसेवामा जोडिएका युवाहरूको भावनालाई एकीकृत गर्दै संस्थालाई अगाडि बढाउने उनको भनाइ छ ।
अध्यक्षीय क्लबका अध्यक्ष विनोद कुमार श्रेष्ठको प्रमुख अतिथियतामा भएको अधिवेशनको निर्वाचन अधिकृतमा पूर्व अध्यक्ष उषा चापागाईँ र सदस्यमा सुमन श्रेष्ठ रहेका थिए भने सम्मेलन निर्देशकको जिम्मेवारी पूर्व अध्यक्ष प्रेम कुमार अशोकले पूरा गरेका थिए ।
अधिवेशनमा निवर्तमान अध्यक्ष मिलन पौडेल, निवर्तमान महासचिव अमृतप्रसाद पोख्रेल, सहकोषाध्यक्ष पार्वती पौडेलले राख्नुभएको प्रतिवेदन पारित गर्दै अघिल्लो वर्षमा भएका कार्यक्रमहरूको विश्लेषण समेत गरिएको छ ।

ताजा

Related Articles