18.1 C
Kathmandu
Sunday, April 19, 2026

अनमोल युवा क्लबको २७ औं वार्षिकोत्सव सम्पन्न, गाउँको विकासमा एकजुट हुनुपर्नेमा जोड

पर्वत-पर्वतको मोदी गाउँपालिका वडा नं. ६, गिज्यान स्थित अनमोल युवा क्लबको २७ औं वार्षिकोत्सब तथा सन्दीप केसी स्मृति कप-२०८१ भव्य रूपमा सम्पन्न भएको छ । मंसिर २९ गतेदेखि पौष ६ गतेसम्म संचालित कार्यक्रममा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।
अनमोल युवा क्लबले सामाजिक उत्तरदायी भुमिकालाई आत्मसात गर्दै विभिन्न कार्यहरू संचालन गर्दै आएको क्लबका अध्यक्ष दिलिप मल्लले जानकारी दिए । कार्यक्रमलाई सफल बनाउन आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिए ।
सबैको साथ र सहयोगले गर्दा विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको कार्यक्रम संयोजक निमेष महतले बताए ।
कार्यक्रममा समाजसेवी किशोर बम मल्ल, पुर्ण बहादुर मल्ल, गिज्यान आमा समुहका अध्यक्ष शोभा कुमारी मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गिज्यान सदरमुकामबाट नजिक भएपनि बत्तीमुनिको अध्यारोमा रुमालिएको स्थानीयले गुनासो गरेका छन् । गाउँको विकासका लागि सडक, सिचाइ, गुणस्तरीय शिक्षा र उत्पादित कृषि बजारीकरणको माग गरेका छन् । सिचाइ नहर भत्किएपछि सिचाइको अभावमा हिउँदे बाली लगाउन समस्या भएको बताउदै बर्खे धान रोप्न पनि समस्या हुने हो कि भन्दै कृषकहरुले चिन्ता व्यक्त गरेका छन् । त्यस्तै रतिखोलामा बेलिबृज पुल निर्माण भएमा यातायातको सुबिधा हुने उनिहरुले बताएका छन् । गाउँको विकासका लागि सबै एकजुट र सबैको एकमत हुनुपर्नेमा उनिहरुले जोड दिएका छन् ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले पुल र नहर निर्माणका लागि अन्तिम प्रयासमा रहेको बताए । यो बर्खा अगावै सिचाइ नहर मर्मत गरि कृषकलाई सिचाइ सुविधा उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे । गाउँपालिकाको विकास र समृद्धिका लागि विभिन्न महत्त्वपूर्ण कार्यहरू भैरहेको लामिछानेको भनाइ छ ।क्लबले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै क्लबलाई पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सहयोगी व्यक्तिहरुलाई सम्मान गरिएको थियोे ।
कार्यक्रममा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता नेवारी खाजा घर थापाठाना प्रथम, आयोजक दित्तिय र राम्जा युवा क्लब तृतीय भएका छन् । प्रथम दित्तिय र तृतीय हुनेले क्रमशः नगद रु. ६१ हजार १११, रु. ३१ हजार १११ र रु. १६ हजार १११ साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रममा रत्यौली, छेलो, घैटो फुटाउने प्रतियोगिता, जेष्ठ नागरिक सम्मान लगायतक कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रममा बहुचर्चित गायक राजु परियार, श्याम राना, देबि आले लगायत हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहेकोे थियो ।
यहीँ मंसिर ३० गते बहुचर्चित कलाकार राजु परियार, देवि आले, चित्रसागर श्रेष्ठ, सलिना गुरुङ लगाएको सांस्कृतिक प्रस्तुति रहनेछ ।
कार्यक्रमको उद्घाटन मोदी गाउँपालिका अध्यक्ष हिरादेवि शर्माले गरेकी हुन भने समापन उपाध्यक्ष बिमल लामिछानेले गरेका थिए ।

क्लबका अध्यक्ष दिलिप मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बियोग राना मगरको स्वागत मन्तव्य र कार्यक्रमको संचालन पत्रकार लक्ष्मण बिसिले गरेका थिए ।

 

ताजा

Related Articles