पर्वत-अंग्रेजी नया वर्ष-२०२५ र पुषे पन्ध्र अर्थात ल्होसारको अवसरमा पर्वतको कुश्मा बन्जी साइडमा दोस्रो युवा, पर्यटन तथा सडक महोत्सव हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्बतको आयोजनामा यहि पौष १५ देखि १७ गतेसम्म उक्त महोत्सव हुने भएको हो ।
शनिबार कुश्मामा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्वत शाखाले महोत्सवको तयारी तिब्र परेको जनाएको छ। कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतकी अध्यक्ष पुजा कार्की शर्माले बन्जी साइडमा हुन लागेको यस पर्यटन युवा सडक महोत्सवले पर्वत जिल्लाको आर्थिक विकास तथा पर्वतमा रहेका पर्यटकिय क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा राखिएको बताइन् । महोत्सवको उद्घाटन कार्यक्रम पौष १५ गते १ वजे हुने साथै ११ वजे वाट विभिन्न झाकी सहित कुश्मा वजार परिक्रमा गर्ने कार्यक्रम रहेको उनले बताइन् ।
कार्यक्रममा बोल्दै लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका सल्लाहकार कृष्ण अखेलीले अंग्रेजी नया वर्ष २०२५ र पुषे पन्ध्र अर्थात ल्होसारको अवसर पारेर आयोजना गरिएको यस महोत्सवले दोस्रो लेकसाइडको झल्को मेटाउने छ भने नयाँ बर्ष २०२५ मनाउन पोखरा जानुु नपर्ने समेत बताए । साथै महोत्सवको उद्घाटन गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्याल वाट हुने र कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर साथै वरिष्ठ लोक दोहोरी गायक प्रजापती पराजुलीको समेत उपस्थिती रहने बताए ।
महोत्सवको पत्रकार सम्मेलमा हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचानमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चर्चित गायक गायिकाहरुको प्रस्तुती रहने भएको छ । महोत्सवमा राष्ट्रिय लोक तथा दोहोरी गायक कुलेन्द्र विक, दिपक खड्का, शिव हमाल, जिवन दाहाल ,चोलेन्द्र पौडेल, कृष्ण अखेली राजन कार्की, माया गूरुङ चित्र सागर श्रेष्ठ, राम्जी पौडेल लगाएतका कलाकारहरुको सांगेतिक प्रस्तुति रहने छ भने हरेक वेलुका विभिन्न व्यान्डहरुको प्रस्तुती रहेने आयोजकले जनाएको छ । महोत्सव संगै विश्वकै अग्लो वन्जीजम्प ,जिपलाइन कालिगण्डकी लामाझोलुङ्गेपुल अवलोकन गुग्तेश्वर गुफा आकर्षक रहने छन् ।
रााष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्बतकी अध्यक्ष पुजा कार्की शर्माको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा रिडम म्यूजिक ग्रुपका व्यवस्थापक तथा महोत्सवका मुल संयोजक सन्दीप वस्यालले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रममा तयारीको वारेमा प्रतिष्ठान पर्वतका पुर्व अध्यक्ष तथा महोत्सवका आर्थिक संयोजक आरसी पौडेलले जानकारी गराएका थिए। कार्यक्रमको संचालन कलाकार सुदिप क्षेत्रीले गरेका थिए । 

