पर्वत-पर्वतको मोदी गाउँपालिका नेकपा एमाले निकट युवा संघ पालिका संयोजक निमिष महतले युवा संघ र एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । महतले आफु लामो समय एमाले पार्टीको संगठनका लागि सबैखाले काममा सकृय रहेको स्मरण गर्दै अब एमालेमा नरहने सामाजिक सन्जाल मार्फत घोषणा गरेका हुन ।
उनि लेख्छन `अब समय परिवर्तन भयो, म पनि बदलिएको छु मोदि गाउँपालिकाको युवा संयोजक पदबाट हात उठाएको घोषणा गर्दछु । सिद्धांतनिस्ठ मलाई आखिरमा पार्टी नै मन नपर्ने बनाईदियौ, मैले सोचेरै निर्णय गरेको छु म स्वतन्त्र हो, म कसैको अधिनमा छैन ।´
महत भन्छन् “अब कसैको रोकतोक छैन, उनिहरुले गल्ती गर्दा पनि ढाकछोप गर्नुपर्ने अवस्था छैन, अब कसैले अंकुस लगाउन सक्दैनन् । चरम भ्रष्टाचार छ मोदिमा पनि खुलेर बोल्ने वातावरण भयो, मैले उचित निर्णय लिएको छु ।”

