पर्वत- नेकपा (एमाले) कुश्मा नगरपालिका १३ नं. वडा कमिटी खौलालांकुरीको दोस्रो वडा अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट तिलक वहादुर लामिछानेको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा खड्क बहादुर क्षेत्री, सचिब दिवाकर शर्मा, उप-सचिव डिल्लीराम सुवेदी र चित्रकला नेपाली रहेका छन् ।
नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषदका सदस्य मेघनाथ सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सचिवालय सदस्य शान्त पौडेल, जिल्ला अध्यक्ष गोविन्द पहाडी, प्रदेश कमिटि सदस्य तथा नगर ईन्चाज जुना देवी नेपाली, प्रदेश कमिटि सदस्य खुम प्रसाद सुवेदी, जिल्ला कमिटि उपाध्यक्ष तथा मोदी गाउँपालिका उपाध्यक्ष विमल लामिछाने, जिल्ला सचिव सुवासचन्द्र पौडेल, फलेवास नगरपालिकाका संस्थापक नगर प्रमुख पदमपाणि शर्मा, कुश्मा नगर कमिटि अध्यक्ष किशोर सापकोटा, जिल्ला कमिटि सदस्य निर्मल नेपाली, नगर कमिटि उपाध्यक्ष गणेश पौडेल, सचिव जित वहादुर बिक, एमालेका नेता तथा खौलालाकुरीका वडा अध्यक्ष तेज प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तिलक वहादुर लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खडक वहादुर क्षेत्रीको स्वागत मन्तव्य र संचालन दिवाकर शर्माले गरेका थिए ।

