20.1 C
Kathmandu
Sunday, March 15, 2026

पर्वत जेसीजको २९औं पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न

पर्वत-पर्वत जेसीजको २९औं पदस्थापन तथा पुरस्कार वितरण समारोह भव्य रुपमा सम्पन्न भएको छ । कुश्मा नगरपालिका नगर प्रमुख रामचन्द्र जोशीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम शुक्रबार कुश्मामा सम्पन्न भएको हो । कार्यक्रम बोल्दै पर्वत जेसिज-२०२५ का अध्यक्ष अच्युत पौडेलले नयाँ कार्यसमितिले नयाँ जोस जाँगरका साथ आगामी दिनमा संस्था र समाजका लागि योगदान पुर्‍याउने जिम्मेवारी वहन गर्ने बताए ।

आफुलाई २०२५ लागि अध्यक्षजस्तो गरिमामय जिम्मेवारी प्रदान गर्नुभएकोमा सम्पूर्ण पूर्वअध्यक्षहरू, बोर्ड २०२५ का साथीहरू र सबै सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गरे । त्यस्तै २०२४ का अध्यक्ष जेसी मिलन पौडेलको नेतृत्व र योगदानलाई प्रशंसा व्यक्त गरे । समारोहलाई भव्य र सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूलाई पौडेलले धन्यवाद ज्ञापन गरेका छन् । नव अध्यक्ष पौडेलले भने “यो ऐतिहासिक कार्यक्रमले जेसीज परिवारलाई अझ एकताबद्ध बनाउँदै सामाजिक परिवर्तनमा योगदान पुर्‍याउने प्रेरणा प्रदान गर्नेछ।”

समारोहमा नेकपा एमाले पर्वतका अध्यक्ष गोबिन्द पहाडी, नेपाली कांग्रेस पर्वतका उपसभापति शिव सुबेदी,नेकपा माओवादीका अध्यक्ष शंकर गिरि, कुश्मा नगरपालिका ८ र १४ का वडाध्यक्षहरू सुरेन्द्र बहादुर केसी र रुद्र मोहन रिमाल, मातृशाखा बागलुङ र भातृशाखा म्याग्दीका अध्यक्षहरू, अन्य शाखाका शाखा अध्यक्षहरू एवम् पदाधिकारीहरू, विभिन्न संघ-संस्थाका प्रमुख, पर्वत जेसीजका पूर्वअध्यक्षहरू, नारायण माविका बिब्यस अध्यक्ष, प्रधानाध्यापक, सम्पूर्ण शिक्षक साथीहरू, विद्यार्थीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको गरिमामय उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा पर्वत जेसिजका पुर्व अध्यक्षहरु सिनेटर विषम श्रेष्ठ , सिनेटर बसन्तकुमार कर्मचार्य, सुमन श्रेष्ठ र रवी श्रेष्ठले स्थापना गर्नु भएको विभिन्न आवर्ड वितरण गरिएको थियो ।
पहिलो चरणको कार्यक्रम जेसिज पर्वत-२०२४ का अध्यक्ष मिलन पौडेलको अध्यक्षता र २०२४ का महासचिव अमृत प्रसाद पोख्रेलले संचालन गरेका थिए भने दोस्रो चरणको कार्यक्रम २०२५ का अध्यक्ष अच्युत पौडेलको अध्यक्षता र महासचिव प्रवेशराज पुरीले संचालन गरेका थिए ।

ताजा

Related Articles