13.1 C
Kathmandu
Monday, December 8, 2025

पुर्णेश्वर माबिको ६४ औं वार्षिकोत्सब सम्पन्न, उत्कृष्ट शिक्षकलाई सम्मान


बिद्यालयका पूर्व प्रधानाध्यापक, बिद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष सामाजिक तथा शैक्षिक ब्यक्तित्व गणेश शर्मा पौडेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पूर्व जनपक्षीय उमेदवार एबम् पूर्व जनप्रतिनिधि मेघनाथ सुवेदी, कुश्मा नगरपालिका प्रथम नगर उपप्रमुख सीता काफ्ले लामिछाने, कुश्मा नगरपालिका -१० का वडा अध्यक्ष रामचन्द्र सुवेदीको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि गणेश शर्मा पौडेलले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए  । कार्यक्रममा बोल्दै उनले बिद्यालयको गुणस्तर अभिबृद्दी गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए । आफू बिद्यालय बहिर रहे पनि अझै “ए लेवल”को विद्यालय बनाउन आफनो प्रयास सदैव कायमै रहने पौडेलले प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा पूर्व जनप्रतिनिधि मेघनाथ सुवेदीले बिगतको बिरासत कायम गर्न सबै पक्ष पुन लाग्नुपर्ने बताउदै विद्यार्थी संख्या न्यून हुनुमा हाम्रो कमजोरी नभएको भन्दै गुणस्तरमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा कुश्मा नगरपालिकाका प्रथम उपमेयर सीता काफ्ले लामिछाने, कुश्मा -१० का वडा अध्यक्ष रामचन्द्र सुवेदी, वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेल, स्थानीय राजनीतिक दलको तर्फबाट नेपाली काङ्ग्रेसका लोकनाथ अधिकारी, नेकपा एमालेका रामचन्द्र सुवेदी, नेकपा माओबादी केन्द्रका कमलप्रसाद लामिछाने, पूर्णेश्वर भूतपूर्व बिद्यार्थी समाजका अध्यक्ष राजु पौडेल, समाजका पूर्व अध्यक्ष अरुण पौडेल, अभिभावक कोपिला नेपाली, जनक माबिका प्रअ टेकनाथ अधिकारी, विद्यार्थी सोफिया सुवेदी लगायतले शुभकामना,मन्तव्य व्यक्त गरेका थिए ।
बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष पूर्व प्रदेश सभा सदस्य जुना देवी नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत शिक्षक सरोज केसी र सन्चालन शिक्षक सन्तोष पौडेललेले गरेका थिए । सो कार्यक्रममा बिद्यालयका प्रअ नारायण प्रसाद अर्यालले बिद्यालयको प्रगती प्रतिबेदन प्रस्तुत गरेका छन् ।
कार्यक्रममा बिद्यालयले उत्कृष्ट शिक्षक सम्मान समेत गरेको छ । सोही अवसरमा शिक्षक गङ्गा कुमारी शर्मा र सन्तोष पौडेललाई वर्ष -२०८१ को उत्कृष्ट शिक्षकको रूपमा सम्मानित समेत गरिएको थियो भने भुपु बिद्यार्थी समाजद्वारा लेखापाल टेकबहादुर नेपालीलाई सम्मानित गरिएको थियो ।
त्यसैगरी सोही अवसरमा विभिन्न अक्षयकोषबाट विद्यार्थीहरु पुरस्कृत, स्काउटबाट मार्च पास प्रदर्शन, साङ्गितिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
समारोहमा अभिभावक र विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

ताजा

Related Articles