19.1 C
Kathmandu
Friday, April 17, 2026

जेनजी आन्दोलनले युवा नेतृत्व भन्दा सुशासन खोजेको छ- काँग्रेस नेता जोशी

facebook sharing button
twitter sharing button
email sharing button
sharethis sharing button२१ मंसिर, पर्वत- नेपाली काँग्रेसका नेता अर्जुन प्रसाद जोशीले आगामी निर्वाचनमा उमेदवार बन्ने संकेत गर्नुभएको छ । सनिवार कुश्मा बजारमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा जोशीले सवै शर्तहरुमा आफू योग्य रहेको भन्दै राजनीतिबाट आफू पर रहन नसक्ने तर्क गर्नुभएको हो ।

जोशीले भन्नुभयो ‘मैले पहिला भन्ने गर्थे, लौन काँध फेरौं, साथीहरु लड्नु्स तर पाटी नेतृत्वले मलाई नै टिकट दियो ।’ जिएनजि आन्दोलनले युवा नेतृत्व भन्दा शुसासन खोजेको भन्दै आफू उमेरका कारणले मात्रै अयोग्य नभएको जोशीले बताउनुभयो । आफू अहिलेसम्म भ्रष्ट्रचारको मामिला कतै पनि दाग लाग्ने नेता नभएको भन्दै आगामी निर्वाचनहरु लड्नका लागि योग्य रहेको जोशीको भनाई थियो ।

उहाँले पार्टीको नेतृत्वमा अव आफू पदाधिकारी बाहेक सदस्य मात्रै नहुने संकेत गर्दै १६ बर्षसम्म केन्द्रिय सदस्य भईसकेको स्मरण गराउनुभयो । यस अघि नै आफू सहमहामन्त्रीको आकांक्षी भईसकेको भन्दै जोशीले आगामी महाधिवेशनमा पदाधिकारीमा उमेदवारी दिने समेत बताउनुभयो । पाटीको नेतृत्व परिर्वतनको पक्षमा आफू रहेको भन्दै पूर्व सांसद रहेका जोशीले पाटीका नेताहरुको सुझाबका आधारमा आफू अघि बढ्ने समेत बताउनुभयो ।

सामाजिक सञ्जालमा आफ्नो सक्रियता निरन्तर रहेको भन्दै उहाँले युवा पुस्ताले खोजे बमोजीमको ‘डेलिभरी’ दिन आफू सक्षम रहेको समेत जिकिर गर्नुभयो । जिल्लाको पाटी नेतृत्व वीच विभाजन हुँदा यस अघिका निर्वाचनहरुमा कांग्रेसले पराजय भोग्नु परेको स्मरण गर्दै अवबाट जिल्लामा सहमतीको वातावरण बनाउन आफूले प्रयास गर्ने समेत जोशीको भनाई थियो ।
आगामी माघ महिनामा हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन महिनामा तोकिएको प्रतिनिधि सभाको निर्वाचन दुवैमा जोशीको आकांक्षा देखिन्छ ।

उहाँले दुवै निर्वाचनको लागि आफू योग्य भएको र तयार रहेको समेत बताउनुभयो । ५ पटकसम्म प्रतिनिधि सभामा उमेदवार बन्नु भएका जोशी ३ पटक लगाएत विजयी बन्नुभएको थियो भने २ पटक निरन्तर पराजीत हुनुभएको थियो ।

कांग्रेसको १५ औं महाधिवेशनमा आफूलाई संस्थापन पक्षमै उभ्भाउने भन्दै जोशीले आफ्नो समर्थन जहाँ रहन्छ त्यो समूह नै पाटीको संस्थापन पक्ष हुने समेत स्पष्ट पार्नुभयो ।

ताजा

Related Articles