21.1 C
Kathmandu
Monday, March 16, 2026

फलामखानी सेवा समाज पर्वत कतारको अध्यक्षमा सुनार चयन

पर्वत- रोजगारीको शिलशिलामा पर्वतको महाशिला गाउँपालिका-६, फलामखानीवाट कतार गएकाहरुले फलामखानी सेवा समाज पर्वत कतार गठन गरेका छन् ।शुक्रबार सनैया ३६ सैफ्ट सैट, दोहा-कतारमा फलामखानी घर भइ कतारमा रहेकाहरुको भेलाले फलामखानी सेवा समाज पर्वत कतार गठन गरेको हो ।
भेलाबाट समितिको अध्यक्षमा सागर सुनार, उपाध्यक्षमा रमेश सुनार, कोषाध्यक्षमा जितेन्द्रराज पोख्रेल र सचिवमा विमल सुनार चयन भएका छन ।
यस्तै सदस्यमा कृष्णराज सुनार (सेते भाइ) र तुल बहादुर सुनार लामा चयन भएका छन् ।
यसैगरी समितीको वरिष्ठ सल्लाहकारमा दीपक सुनार, सल्लाहकारमा नरबहादुर सुनार र धनबहादुर सुनार रहेका छन ।


समाजको प्रमुख उदेश्य कतारका विभिन्न ठाउँमा छरिएर रहेका फलामखानीबासीलाई एकीकृत गर्दै गाउँवासीलाई कतारमा आइपरेका समस्यामा सघाउ पुर्‍याउनुको साथै जिल्लामा समेत सामूहिक लगानी र गाउँको चौतर्फी बिकासमा सहयोग पुर्‍याउने रहेको समाजका अध्यक्ष सागर सुनारले जानकारी दिएका छन् ।

ताजा

Related Articles