पर्वत-पर्वत जेसीजको आयोजनामा होली मिलन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि होली पर्वको अवसरमा उक्त कार्यक्रम पर्वत जेसीजको सचिवालय कुश्मामा बिहीबार सम्पन्न भएको हो ।
कार्यक्रम बोल्दै प्रमुख अतिथि पर्वत जेसीज अध्यक्ष क्लब पर्वतका अध्यक्ष निर्मल विश्वकर्माले पर्वत जेसीले सामाजिक कार्यमा देखाएको सक्रियता र युवा सशक्तीकरण कार्यक्रमको प्रशंसा व्यक्त गरेका छन् । उनले होलि पर्वको शुभकामना व्यक्त गर्दै युवाहरू सकारात्मक सोचका साथ सामाजिक कार्यमा अग्रसर हुनुपर्नेमा जोड दिए । त्यस्तै कार्यक्रममा बोल्दै जेसीज पर्वतका अध्यक्ष अच्युत पौडेलले विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि होली मिलन कार्यक्रमको आयोजना गरिएको बताउदै कार्यक्रमले जेसीज परिवारमा एकता, आत्मीयता र सद्भाव बढाएको बताए । जेसीजले युवा सशक्तीकरण र समाज विकास र रुपान्तरणका लागि विभिन्न सकारात्मक र रचनात्मक कार्यक्रम संचालन गरेको पौडेलले बताए । कार्यक्रममा जेसिज पर्वतका पुर्व अध्यक्षहरु बसन्त कुमार कर्मचार्य, शिव प्रसाद सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पर्वत जेसीजका पुर्व अध्यक्षहरुको उपस्थितिमा वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुबीच शुभकामना आदानप्रदान गरिएको थियोे ।
पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक लक्ष्मण बिसिको स्वागत मन्तव्य र कार्यक्रमको संचालन महासचिव प्रवेशराज पुरीले गरेका थिए ।
पर्वत जेसीजको आयोजनामा “होली मिलन” कार्यक्रम सम्पन्न

