21.1 C
Kathmandu
Friday, April 17, 2026

पर्वतमा पत्रकार डिजिटल साक्षरता तालिम सुरु

पर्वत-नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा पर्वतमा पत्रकार डिजिटल साक्षरता एवम् रुपान्तरणकारी नेतृत्व विकास तालिम कार्यक्रम सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ पर्वतको आयोजना तथा सामाजिक विकास कार्यालय पर्वतको सहयोगमा उक्त कार्यक्रम शुक्रबारदेखि कुश्मामा सुरु भएको हो । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम बिकले आधुनिक प्रविधिको उचित प्रयोग गर्दै पत्रकारीतालाई जनमुखी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सामाजिक विकास कार्यालय पर्वतका प्रमुख गोविन्द पौडेल, नेपाल पत्रकार महासंघ गण्डकीका उपाध्यक्ष माया अधिकारी, नेपाल पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष ओम प्रसाद घायल, प्रेस युनियन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जिल्लाका २५ जना पत्रकार सहभागी तालिमको सहजीकरण पत्रकार प्रवेश सुवेदीले गरेका छन् । कार्यक्रममा जिल्लाका २५ जना पत्रकारहरुको सहभागीता रहेको छ । आजबाट सुरु भएको तालिम भोलिसम्म संचालन हुनेछ ।
पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष रन्जना खत्रीको स्वागत र सचिव साजन परियारले संचालन  गरेका थिए ।

ताजा

Related Articles