11.1 C
Kathmandu
Tuesday, January 27, 2026

प्रदेश अस्पताल पर्वतको न्युनतम सेवा मापदण्डको मुल्यांकन

पर्वत- प्रदेश अस्पताल कुश्मा, पर्वतको न्यूनतम सेवा मापदण्डको मुल्यांकन तथा प्रस्तुतिकरण सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा उक्त कार्यक्रम आइतबार र सोमबार कुश्मामा सम्पन्न भएको हो ।  प्रादेशिक स्वास्थ्य निर्देशनालय, पोखराका महानिर्देशक खिम बहादुर खड्काको उपस्थितिमा भएको न्यूनतम सेवा मापदण्डको सोहौं फलोअप गरिएको छ । जसको मुख्य श्रोत व्यक्तिको रूपमा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेश कुमार के. सी., धौलागिरी प्रादेशिक अस्पताल बाग्लुङका कन्सलटेन्ट ऐनेस्थियोलोजिष्ट डा. अमित ढुंगाना, प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका स्वास्थ्य प्रशासक डा. रोशन ढकाल, एम.एस.एस कार्यक्रम संयोजक प्रकाश राज शर्मा र न्युनतम सेवा मापदण्ड कार्यान्वयन अधिकृत उर्मिला बराल, एन.एस.आई का वरिष्ठ कार्यक्रम संयोजक रिता पोख्रेल र एच.एस.पी अधिकृत आइस्ता शाही रहेका थिए ।
कार्यक्रममा गरिएको मूल्याङ्नको न्यूनतम सेवा मापदण्डको सोहौं फलोअपमा ९१ % प्राप्त भएको छ । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम वि. क., प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्य, एन.एस.आई की एविगेल नोवेलको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । प्रस्तुतीकरण कार्यक्रममा प्रदेश अस्पताल पर्वतको तर्फबाट अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाले प्रस्तुतीकरण गर्नुभएको थियो भने एम.एस.एस टिमको तर्फबाट डा. अमित ढुंगानाले प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा अस्पतालले सुधार गर्नुपर्ने पक्षहरू र आगामी कार्ययोजनाका बारेमा समेत बृहत छलफल भएको छ ।
सोही अवसरमा प्रदेश अस्पताल पर्वतको स्थापना दिवसको अवसरमा उत्कृष्ट चिकित्सकको रूपमा छनौट हुनुभएका डा. मिलन अवालेलाई सम्मान गरिएको छ भने ग्रामीण स्वास्थ्य तथा अस्पताल सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याए वापत निक साइमन्स ईन्स्टिच्युटलाई सम्मान स्वरुप प्रसंशा पत्र प्रदान गरिएको छ ।

ताजा

Related Articles