पोखरा-पोखरा महानगर युवा परिषदले युवा कृषकहरुलाई सम्मान गरेको छ ।पोखरा महानगरपालिका नगर युवा परिषद् र २२ नं. वडा कार्यालय को समन्वयमा आयोजना गरिएको विशेष कार्यक्रममा कृषकहरुलाई सम्मान गरिएको हो ।कार्यक्रममा सम्मानित युवा कृषकहरू उमाकान्त बराल (मोहन स्वारा कृषि फर्म),रणबहादुर खड्का (ठुलढुङ्गा आधुनिक कृषि फर्म), राजेश पौडेल (माझकटेर पशुपक्षी तथा कृषि फर्म),किरण पौडेल (कुशल मुना पशुपालन तथा कृषि फर्म),मिलन गुरुङ (मैरी पालन) रहेका छन् ।
कार्यक्रममा वडा नं. २२ का वडा अध्यक्ष हिमलाल बराल, पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रका कार्यकारी प्रमुख नवराज अधिकारी,नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपाने , वडा सदस्य सन्जिब गुरुङ, वडा सचिव विष्णुप्रसाद ढकाल र वडा सूचना अधिकृत रामप्रसाद बरालको उपस्थिति रहेको थियो । साथै, स्थानीय युवा क्लब , टोल विकास संस्था तथा आमा समूहहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई सफल र प्रेरणादायी बनाएको छ।
त्यस्तै, वडा नं. २२ का सक्रिय साथ लाग्नु भएका क्लबहरू — प्रगतिशील क्लब ढाबा,पोखरा भ्यू प्वाइन्ट र
पुम्दीकोट युवा क्लबलाई पनि सम्मान गरिएको छ ।
नयाँ वर्ष २०८२ को पावन अवसरमा आयोजित यस कार्यक्रममा शुभकामना आदानप्रदान, युवाहरूको सम्मान र प्रोत्साहन, सामुदायिक विकास, आपसी सम्बन्ध सुदृढीकरण तथा समसामयिक विषयमा अन्तरक्रिया र छलफल समेटिएको थियो, जसले विशेष सन्तोष र उत्साह प्रदान गरेको बताइएको छ ।
कार्यक्रमा बोल्दै वडा अध्यक्ष बरालले नगर युवा परिषदले संचालन गरेको कार्यक्रमले सकारात्मक ऊर्जा र उत्साह फैलिएको बताए । नगर युवा परिषदका कार्यले समुदायको समग्र विकासमा थप योगदान पुर्याउने उनले बताए । युवाहरूको नेतृत्व, व्यक्तित्व र उद्यमशिलता विकासका लागि नगर युवा परिषदले विभिन्न रचनात्मक कार्यहरू संचालन गरेको नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए । आगामी दिनहरूमा परिश्रमी युवाहरूलाई पनि समेटी, उनीहरूलाई अझ प्रोत्साहित गर्ने, उत्पादनशील र उद्यमशील बनाउने दिशामा निरन्तर प्रयत्न गर्ने उनले बताए । दिनेश बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमलो संचालन वडा युवा परिषदका सहसचिव निश्चल देवकोटाले गरेका थिए ।

