काठमाडौं -पत्रकार सुरेश रजकको मृत्यु घटनाबारे निष्पक्ष छानबिन लागि आयोग गठनको माग गर्दै बिहीबार मौन प्रदर्शन भएको छ । समाजवादी प्रेस संगठन नेपालले बिहीबार काठमाडौंको शान्तिबाटिकामा एक घण्टा मौन प्रदर्शन गरेको हो ।प्लेकार्डसहित मौन प्रदर्शन गरेका संगठनका सदस्यहरूले रजकलाई सहिद घोषणा गर्नुपर्ने, रजकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृत्युको कारण पत्ता लगाउन निष्पक्ष आयोग गठन गर्नुपर्नेसहितका माग राखेका थिए । गत चैत १५ गते समाचार संकलनको क्रममा काठमाडौंको तीनकुनेमा रजकले ज्यान गुमाएका थिए ।

