19.1 C
Kathmandu
Friday, April 17, 2026

पर्वत जेसीजद्वारा प्रकाशित २०८२ सालको क्यालेन्डर विमोचन

६ बैशाख २०८२
पर्वत- पर्वत जेसीले प्रकाशन गरेको विं.सं. २०८२ सालको क्यालेन्डर विमोचन गरिएको छ । सनिबार कुश्मा स्थित जेसीजको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि उक्त क्यालेन्डर विमोचन गरिएको हो ।


कार्यक्रम बोल्दै प्रमुख अतिथि कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले पर्वत जेसीजले संचालन गर्ने हरेक कार्यक्रमले समाजलाई सकारात्मक प्रभाव पारेको बताउदै प्रसंशा व्यक्त गरेका थिए । जेसीजले आयोजना गर्ने सामाजिक कार्यमा नगरपालिकाको तर्फबाट सहयोग रहने उनले बताए । कार्यक्रम बोल्दै जेसीज अध्यक्ष क्लबका अध्यक्ष निर्मल विश्वकर्माले युवाको विदेश पलायन रोक्न जेसीजले युवा सशक्तीकरण र सकारात्मक सोच वृद्धिका कार्यक्रम संचालन गर्नुपर्ने बताए । पर्वत जेसीजले संचालन गर्ने सम्पुर्ण कार्यक्रम, पुर्व अध्यक्षहरुको विवरण,विगतमा संचालित कार्यक्रमको विवरण समेटेर ऐतिहासिक दस्तावेजको रुपमा क्यालेन्डर प्रकाशन गरिएको पर्वत जेसीज २०२५ का अध्यक्ष अच्युत पौडेलले बताए ।

पर्वत जेसीज २०२५ का अध्यक्ष अच्युत पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यालेन्डर प्रकाशन समिति संयोजक लक्ष्मण बिसिको स्वागत मन्तव्य र कार्यक्रमको संचालन महासचिव प्रवेशराज पुरीले गरेका थिए ।

ताजा

Related Articles