पर्वत-नेकपा एकीकृत समाजवादी पर्वतको ९ औं जिल्ला अधिवेशन यहीँ जेष्ठ १० र ११ गते आयोजना गरिएको छ ।
पार्टी कार्यालय कुश्मामा सनिबार सम्पन्न जिल्ला सचिवालयको १४ औं बैठकले अधिवेशनको मिति तोकेको हो ।
अधिवेशनलाई ऐतिहासिक रुपमा सम्पन्न गर्न तथा जनमुखी कार्यबाट पार्टीलाई सुदृढ बनाउन बैठकबाट विभिन्न निर्णयहरु भएको जिल्ला कमिटी अध्यक्ष बिराज हमालले जानकारी दिए ।
अधिवेशनको तयारीका लागि ७ वटै पालिकामा पालिका स्तरीय बैठक/भेला,जनवर्गीय तथा पेसागत संगठनको बैठक तथा संगठन सुदृढीकरण लगायतका निर्णयहरु भएका छन् । त्यस्तै केन्द्रको सर्कुलर अनुसार “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने नारासहित विभिन्न कार्यक्रम आयोजना गरिने हमालले बताएका छन् ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य तथा पर्वत जिल्ला इन्चार्ज मोती प्रसाद पौडेलले विभिन्न चुनौतीका बाबजुद पनि पार्टी संगठन बिस्तार गर्दै जनमुखि कार्यमा जोड दिएको बताए ।पार्टीलाई सशक्त र चलायमान गराउन सक्रिय रहदै आ-आफ्नो भुमिका निर्वाह गर्न सबै जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गरेका छन् । बैठकमा केन्द्रिय लेखा आयोग सदस्य बैकुण्ठ भुसाल, गण्डकी प्रदेश कमिटी सचिव ठाकुर प्रसाद शर्मा, प्रदेश सदस्यहरु मोहम्मद साहव अली, यज्ञ प्रसाद बस्याल, धनमाया सुवेदी भुसाल लगायत जिल्लाका नेताहरूको उपस्थिति रहेको थियोे ।
नेकपा एकीकृत समाजवादी पर्वतको ९ औं जिल्ला अधिवेशन जेष्ठ १० र ११ गते हुने

