23.1 C
Kathmandu
Thursday, April 16, 2026

मातापिताको स्मृतिमा महेन्द्रोदय माबिमा अपुन एच.केद्वारा निर्मित बिद्यालय भवनको उद्घाटन

१० बैशाख २०८२,पर्वत-पर्वतको महाशिला गाउँपालिका-२, भोक्सिङ स्थित महेन्द्रोदय माध्यमिक बिद्यालयमा निर्मित ३ कोठे ट्रस भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ । सामाजिक तथा शैक्षिक कार्यमा क्रियाशिल अपुन एच.के फाउन्डेसनको आर्थिक सहयोगमा निर्माण भएको भवनको फाउण्डेशनका संस्थापक अपुन एच.के (भोटे) ले बुधबार एक कार्यक्रमबीच उद्घाटन तथा हस्तान्तरण गर्नुभएको हो । भोक्सिङ खालीडाँडा निवासी स्व. पिता हर्क बहादुर कस्यप आर्य लोहनी र माता स्व.बिष्णु कस्यप लोहनीको स्मृतिमा अपुन एच.के. फाउण्डेशन नेपालका संस्थापक अपुन एच.के प्रदान गर्नुभएको ८ लाख ५० हजार सहयोगमा बिद्यालयको लामो भवनको उपल्लो तल्लामा ३ कोठे ट्रस भवन निर्माण गरि बिद्यालयलाई हस्तान्तरण गरिएको फाण्डेशनका मेनेजर आशिष विर लोहनीले जानकारी दिनुभयो ।

भवन हस्तान्तरण कार्यक्रममा बोल्दै अपुन एच के फाउन्डेसनका संस्थापक अपुन एच.के भोटेले आफू जन्मे हुर्केको ठाउँ र आफुले पढेको बिद्यालयमा सहयोग गर्न पाउँदा खुशी लागेको बताउदै आगामी दिनहरुमा पनि आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफ्नो जन्मभुमि र जन्मदिने बुबाआमालाई सधैं माया र सम्मान गर्नुपर्ने बताउदै आगामी दिनमा पनि जन्मगाउँको विकास र समृद्धिमा लागिरहने उहाँले बताउनुभयो ।

कार्यक्रम बोल्दै अपुन एच के फाउण्डेशनका अन्तरास्ट्रिय सल्लाहकार राम कुमार आहातले अपुन एच. के भोटे सकारात्मक सोचका साथ निस्वार्थ भावले निरन्तर समाज सेवाका कार्यमा सकृय रहेको बताउदै एचकेको सामाजिक कार्यको प्रशंसा व्यक्त गर्नुभएको थियोे ।

अपुन एच.के सहयोगी र प्रेरणादायी व्यक्तिको रुपमा उदाहरणीय पात्र भएको बताउदै संस्था स्थापना गरेर रचनात्मक,उल्लेखनीय र अनुकरणीय कार्य गरेको बताउनुभयो ।

पर्वतको महाशिला गाउँपालिका-२, भोक्सिङ खालीडाँडा घर भई हाल हङकङमा बस्दै आउनुभएका अपुन एचके भोटेले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आउनुभएको छ । उहाँ शारीरिक सुगठन (Body Building) को उत्कृष्ट हुनुहुन्छ । समाजसेवी भोटेले गरिब, जेहेन्दार तथा उत्कृष्ट बिद्यार्थीहरुको लागि महेन्द्रोदय माबिमा ५ लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरि सक्नुभएको छ ।

कार्यक्रममा बोल्दै महाशिला गाउँपालिका शिक्षा समिति सदस्य रुद्र बहादुर क्षेत्रीले समाजसेवी अपुन एच.केले गर्नुभएको सहयोगले बिद्यालयको शैक्षिक उन्नयन र गुणस्तर वृद्धिमा मद्दत पुग्ने बताउदै धन्यवाद व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नुन प्रसाद गुरुङ र बिद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद गुरुङले अपुन एच.ले बिद्यालयमा गर्नुभएको अतुलनीय सहयोगप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।
उक्त कार्यक्रमका अवसरमा अपुन एच. के फाउन्डेसनका संस्थापक अपुन एच. के, उहाँको आमा बाटुली लोहनी, सल्लाहकार राम कुमार आहात, संस्थाका मेनेजर आशिष वीर लोहनी लगायतलाई सम्मान गरिएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नुन प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भोक्सिङ स्वास्थ्य चौकी प्रमुख बसन्ती गुरुङको स्वागत मन्तव्य र
कार्यक्रमको संचालन बिद्यालयका हिमा पौडेले गर्नुभएको थियोे ।

यसैबीच भोक्सिङ स्थित दिप ज्योति युवा क्लबले सांस्कृतिक कार्यक्रम आयोजना गरि अपुन एच.के फाउन्डेसनका संस्थापक अपुन एच.के लाई स्वागत र सम्मान गरेको छ । क्लबको उन्नयनका लागि अपुन एच.के भोटेले १० हजार ६ सय रुपैयाँ सहयोग गर्नुभएको छ ।

ताजा

Related Articles