पर्वत-पर्वतको महाशिला गाउँपालिका-४ पाखापानीमा यात्रु प्रतीक्षालय निर्माण भएको छ । पाखापानी भुजुङ्गे निवासी पूर्व इन्डियन आर्मी क्याप्टेन शेरबहादुर खत्रीले १ लाख ५० हजारको लागतमा उक्त प्रतीक्षालय निर्माण गर्नुभएको हो ।
बाटोमा आवतजावत गर्ने नागरिकलाई घाम पानीको बेला ओत बस्न तथा गाडीको प्रतिक्षा गर्ने यात्रुहरुको सहजताका लागि प्रतीक्षालय निर्माण गरिएको खत्रीले जानकारी दिनुभयो । स्थानीय सरकारले गर्नुपर्ने कार्य नगरेपछि आफ्नै लगानीमा उक्त प्रतिक्षालय निर्माण गरेको बताउनुभयो । प्रतीक्षालयको लाभ मासिला ४ सिमलेदेखि माथिको भू-भागको जनताले लिन पाउनेछन्। २८ बर्षसम्म इन्डियन आर्मीमा कार्यरत रहनुभएका खत्रीले रिटायर लाइफलाई समाजसेवामा समर्पित गर्नुभएको छ । ७० बर्षिय खत्रीले बिद्यालय व्यवस्थापन समिति अध्यक्ष, वन, खानेपानी, बिजुली समितिको अध्यक्ष अध्यक्ष लगायत १३ वटा सामाजिक संघसंस्थाहरुको नेतृत्व गरिसक्नुभएको छ । साथै पोखरा १७ बिरौटामा आफ्नै करेसाबारी बनाई विभिन्न किसिमका तरकारीहरू उत्पादन गरी उक्त तरकारी महाशिला- ४ मा नै लगेर बिक्री वितरण गरी लाभ पनि लिइरहनुभएको छ। स्वास्थ्यमा समस्या आएपछि शारीरिक व्यायाम गर्नुपर्ने भएकाले व्यायाम भन्दा कृषि कार्यमा लागेपछि ब्याम पनि हुने आम्दानी पनि हुने र समयको पनि सदुपयोग हुने गरेको खत्रीले बताउनुभएको छ ।
महाशिला पाखापानीमा खत्रीद्वारा प्रतीक्षालय निर्माण

