19.1 C
Kathmandu
Friday, April 17, 2026

पर्वत जेसीज बन्यो, एरिया ‘बि’ उत्कृष्ट शाखा

पर्वत । पर्वत जेसीज एरिया `वि´ का शाखाहरु मध्य उत्कृष्ट भएको छ । जेसीज नेपालले हरेक तीन महिनामा गर्ने मुल्यांकनमा पर्वत जेसीज उत्कृष्ट भएको हो ।

पर्वत जेसीजले गरेका गतिविधिका आधारमा पर्वत जेसीज उत्कृष्ट भएको पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलले जानकारी दिनुभयो । उहाले गएको तीन महिनामा पर्वत जेसीजले १५ वटा विभिन्न कार्यक्रम गरी एरिया `वि´ मा रहेका ४२ वटा शाखाहरु मध्य शिर्ष स्थानमा रहेको बताउनुभयो । उहाँले सामाजिक कार्यसंगै युवाहरुको क्षमता अभिवृद्धिमा पर्वत जेसीज लागि रहेको बताउनुभयो ।

पर्वत जेसीज एरिया `वि´ मा उत्कृष्ट हुनुका साथै नेपाल जेसीजको अनलाइनमा पनि आफ्ना गतिविधिका साथ शिर्ष स्थानमा रहेको छ ।

ताजा

Related Articles