पहिलो पाइला नेपालद्वारा पोखरामा रक्तदान, ३९ युनिट रगत संकलन

पोखरा-पहिलो पाइला नेपाल पोखरा शाखाले आफ्नो वार्षिक अभियान अन्तर्गत रहेर “रक्तदान जिवनदान , जिवनदान महादान “भन्ने मुल नाराको अधिनमा रहि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम सनिबार पोखरा महेन्द्रपुल हुलाक गेट अघि सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा पोखरा महानगर वडा न. १५ का वडा अध्यक्ष तोरण बानियाको उपस्थिति रहेको थियो भने विशेष अतिथिमा नगर युवा परिषदका उपाध्यक्ष सन्तोष न्यौपाने, मुक्तिनाथ विकास बैंकका प्रतिनिधि रसिक भन्डारि , पहिलो पाईला नेपाल कास्किका पुर्व अध्यक्ष सन्दिप सापकोटा, रन्जित दनाई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्ने उद्देश्यले मुक्तिनाथ विकास बैंकले आर्थिक रुपमा सहयोग पुर्‍याएको थियो भने उक्त कार्यलयको प्रतिनिधित्व गर्दै रसिक भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । रक्तदान कार्यक्रममा ३९ युनिट रगत संकलन भएकोमा कृष्ण गिरीले सम्पूर्णलाई धन्यवाद प्रकट गर्नुभएको छ । संस्थाका अध्यक्ष केनुका थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचालन संस्थाका सचिव विमान अर्यालले गर्नुभयको थियो ।

ताजा

Related Articles