19.1 C
Kathmandu
Friday, April 17, 2026

वन क्याम्पस पोखराका बिद्यार्थीलाई सर्प पहिचान,उद्दार र ह्याण्डलिङ सम्बन्धि तालिम

पोखरा- विश्व सर्प दिवसको अवसरमा पोखरामा सर्प पहिचान, उद्धार तथा ह्यान्डलिङ्ग सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । वन विज्ञान अध्ययन संस्थान पोखरा (बन क्याम्पस) मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी सोसाईटी फर वाईल्डलाईफ रिसर्च एण्ड कन्जरभेसन सोरेकले उक्त तालिम आयोजना गरेको थियो ।

तालिममा सर्प संरक्षण क्षेत्रमा क्रियाशील युवा अनुसन्धानकर्ता तथा उद्धारकर्ता साथै नेपाल स्नेक रेस्क्यु टिमका संस्थापक प्रविन पाण्डे प्रमुख स्रोत व्यक्तिका रूपमा रहेका थिए । पाण्डेसँगै अर्का अनुभवी उद्धारकर्ता आर्शन क्षेत्री पनि सह(प्रशिक्षकको रूपमा उपस्थित थिए।

तालिममा सर्प संरक्षण क्षेत्रमा क्रियाशील युवा अनुसन्धानकर्ता तथा उद्धारकर्ता साथै नेपाल स्नेक रेस्क्यु टिमका संस्थापक प्रविन पाण्डे प्रमुख स्रोत व्यक्तिका रूपमा रहेका थिए । पाण्डेसँगै अर्का अनुभवी उद्धारकर्ता आर्शन क्षेत्री पनि सह(प्रशिक्षकको रूपमा उपस्थित थिए।

 

तालिममा ८५ जना फरेस्ट्रीका विद्यार्थीहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई नेपालमा पाइने विषालु र अविषालु सर्पहरूको वैज्ञानिक चिनारी, उद्धार प्रक्रियाको सावधानीपूर्ण अभ्यास तथा सुरक्षित ह्याण्डलिङ प्रविधिबारे व्यवहारिक पक्षबारे जानकारी गरीएको थियो ।

विद्यार्थीहरूमा सर्पप्रतिको भय र भ्रमलाई हटाउँदै, वैज्ञानिक बुझाइ र संवेदनशील दृष्टिकोण विकास गर्ने उद्देशयले तालिम आयोजना गरिएको थियो । तालिममा सहभागिमध्ये उद्धार कार्यमा विशेष चासो राख्ने विद्यार्थीहरूको सम्पर्क विवरण संकलन गरिएको र निकट भविष्यमा उनीहरूलाई सर्प उद्धार कार्यमा प्रत्यक्ष संलग्न गराई थप व्यवहारिक ज्ञान प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । नेपालमा सर्प संरक्षण र उद्धार सम्बन्धी चेतना अभाव भइरहँदा यस किसिमका तालिमले सर्पको महत्व बुझाउन, मानव सर्प द्वन्द्व न्यूनीकरण गर्न तथा सह जीवितामूलक सोच विकसित गर्न मद्धत पुग्ने अपेक्षा आयोजकको छ ।

दीपेन्द्र साउद सभापति रहेको तालिममा सुमन भट्टराई प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका प्रतिनिधि गौरव खड्का, सदिक्षा आचार्य, आदित्य रसाइली र सबिन सुनारको उपस्थिति रहेको थियो ।

ताजा

Related Articles