पर्वत- जुनियर चेम्बर इन्टरनेसनल (JCI) नेपालका लागि नियुक्त उपाध्यक्ष सिनेटर हिरोकी टमोरीलाई पर्वतमा स्वागत गरिएको छ ।पर्वत जेसीजले एक कार्यक्रमको आयोजना गरि मंगलबार कुश्मामा स्वागत तथा सम्मान गरेको हो ।
जेसीजको अन्तर्राष्ट्रिय प्रतिनिधिलाई नेपाली जेसीजहरूको सक्रियता, पर्यटन सम्भावना, र नेतृत्व क्षमतासँग अवगत गराउनु कार्यक्रमको मुख्य उद्देश रहेको जेसीज पर्वत जेसीज-२०२५ का अध्यक्ष अच्युत पौडेलले जानकारी दिनुभयो ।
उक्त अवसरमा उपाध्यक्ष टमोरीलाई जेसीज खादा ओढाएर, मायाको चिनो प्रदान गर्दै, पारंपरिक शैलीमा स्वागत गरिएको उहाँले बताउनुभयो ।
उपाध्यक्ष टिमोरीको आगमनले पर्वत जेसीजमा ऊर्जा र अन्तर्राष्ट्रिय स्तरको समझदारी विकास भएको पौडेलले उल्लेख गर्नुभयो।
टमोरीले नेपाली जनताको आत्मीयता, अतिथि सत्कार र नेतृत्व क्षमताको खुलेर प्रशंसा गर्नुभएको थियो ।कार्यक्रममा पूर्व अध्यक्षहरू, वर्तमान पदाधिकारीहरू, सक्रिय जेसीज सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उक्त कार्यक्रमको संयोजन शाखा सम्पादक जेसी एन्जोल कर्मचार्यले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन महासचिव जेसी प्रवेश राज पुरीले गर्नु भएको थियो ।
साथै उपाध्यक्ष टिमोरी लगायतले कुश्मामा रहेको बन्जी जम्प र मेगा ट्रोलको साहसिक अनुभव गर्दै पर्वत जिल्लाको पर्यटन क्षेत्रको प्रशंसा गर्नुभयो।

