21.1 C
Kathmandu
Friday, April 17, 2026

आइ.एम ई लाइफ इन्स्योरेन्स कुश्माद्वारा खाद्यान्न र कुर्ची वितरण

पर्वत- आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा उपशाखाले खाद्यान्न र कुर्ची वितरण गरेको छ ।
पर्वतको फलेवास नगरपालिका-८, ठानामौला नमुना बस्तिमा १५ वटा पलाष्टिक कुर्ची र कुश्मा स्थित मोदिवेणी दिव्य धाममा खाद्यान्न वितरण गरिएको इन्स्योरेन्सका उपशाखा प्रमुख तिलकराम लामिछानेले जानकारी दिनुभयो । आइ.एम ई लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकको जीवन बिमा सँगै निरन्तर रुपमा सामाजिक कार्यमा जोड दिएको उहाँले बताउनुभयो । खाद्यान्न तथा कुर्ची वितरण कार्यक्रममा शाखाका कर्मचारी सन्जु गौतम, एजेन्सी मेनेजर डिल बहादुर बिक लगायतको उपस्थिति रहेको थियो ।

ताजा

Related Articles