21.1 C
Kathmandu
Friday, April 17, 2026

पर्वत जेसीज राष्ट्रिय अवार्डबाट सम्मानित

पर्वत -युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्य तथा सृजनात्मक गतिविधिमा सक्रिय पर्वत जेसीज नेपाल जेसीजको राष्ट्रिय अवार्डबाट पुरस्कृत भएको छ । भदौ १४ र १५ गते दमौलीमा सम्पन्न नेपाल जेसीजको क्षेत्र “ख” सम्मेलनमा पर्वत जेसीजले यस वर्ष गरेका कार्यक्रम तथा गतिविधिको आधारमा “BEST LOM IN BRANDING & VISIBILITY AWARD” प्राप्त गरेको हो ।

नेपाल जेसीजको आयोजना र व्यासनगर जेसीजको आतिथ्यतामा सम्पन्न सम्मेलनमा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष एवं सम्मेलन सभापती एलिना महर्जनले पर्वत जेसीजका शाखा अध्यक्षलाई उक्त अवार्ड प्रदान गर्नुभएको थियो । सम्मेलनमा पर्वत जेसीजले उल्लेख्य सहभागीता जनाएको थियो ।

प्राप्त अवार्डले पर्वत जेसीजको गतिविधि र योगदानको उचित मूल्याङ्कन भएको बताउँदै शाखा अध्यक्षले यस ऐतिहासिक क्षण सम्भव बनाउन सहयोग गर्ने सम्पूर्ण जेसीज साथीहरु, पूर्वअध्यक्षहरु लगायत सबैप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै प्रभावकारी रचनात्मक कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ताजा

Related Articles