पर्वत-पर्वतको कुश्मा बजार स्थित बान्द्रेबेणी चौरमा बृहत लाइभ कन्सर्ट हुने भएको छ । शिवालय युवा विकास मन्च कुश्माको आयोजनामा यहीँ असोज ११ गते कन्सर्ट आयोजना हुन लागेको हो । उक्त कन्सर्टको बारेमा बिहीबार कुश्मामा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । युवाहरूको सक्रियतामा सामाजिक, धार्मिक,सांस्कृतिक कार्यक्रम र पर्यटन प्रवर्द्धनमा जोड दिएको शिवालय युवा विकास मन्चका अध्यक्ष संविधान गिरिले बताउनुभयो । कन्सर्टमा रिडम ब्याड र दि ऐक्स ब्याडको प्रस्तुति रहने कार्यक्रम संयोजक सन्दिप बस्यालले बताउनुभयो ।कार्यक्रमलाई सफल बनाउन विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । प्रचारप्रसारको माध्यमबाट कार्यक्रमलाई सफल बनाउन जिल्लाका संचार माध्यम र संचारकर्मीको सकारात्मक साथ र सहयोग रहने नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले प्रतिबद्धता व्यक्त गर्नुभयो । शिवालय युवा विकास मन्चका अध्यक्ष संविधान गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव अभिलाष गिरीले गर्नुभएको थियोे ।

