16.1 C
Kathmandu
Friday, November 7, 2025

जेनजीले जलायो काँग्रेस, एमाले र माओवादीको पार्टी कार्यालय, पुर्व मन्त्री गिरीको घरमा पनि आगजनी

पर्वत-भ्रष्टाचार र बेथिति विरुद्ध देशभर आन्दोलन चर्काएको जेनजीले पर्वतका कांग्रेस, एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी कार्यालयहरु तोडफोड तथा आगजनी गरेको छ । त्यस्तै कुश्मा बजारमा रहेको नेकपा एमालेका सांसद तथा पुर्वमन्त्री पदम गिरीको घरमा समेत तोडफोड तथा आगो लगाइदिएका छन् । आक्रोशित युवाहरुले शुरुमा लोकतान्त्रिक चोकमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीको बोर्ड तोडफोड गरेका थिए भने त्यसपछि नेकपा एमालेको कार्यालयमा पुगेर आगजनी गरेका छन् । कार्यालयभित्रका फर्निचर तोडफोड, साईनबोर्ड तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् ।

लगत्तै खत्रीटोलमा रहेको नेपाली काँग्रेसको कार्यालयमा शुरुमा ढुंगामुडा गर्नुका साथै फर्निचर तोडफोड गरेका प्रदर्शनकारीले पुःन दोस्रोपटक फर्किएर आगजनी गरेका थिए । आगजनीवाट पार्टी कार्यालयमा ठुलो क्षति पुगेको छ । यस्तै माओवादी केन्द्रको कार्यालयमा समेत पुगेर आगजनी र तोडफोड गरेको प्रहरीले जनाएको छ ।उनिहरुले सरकार र शिर्ष नेता विरुद्ध नाराबाजी गर्नुका साथै भ्रष्टाचार विरोधी पर्चा पम्प्लेटहरु प्रदर्शन गरेका थिए | प्रदर्शनकारीले लोकतान्त्रिक चोकमा रहेको शहिद गोबिन्दनाथ शर्माको शालिक र मध्यपहाडी लोकमार्गको जिरो किलोमिटरमा निर्माणाधिन काँग्रेस नेता अमृत जोशीको शालिक पनि भत्काईदिएका छन्

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय र कुश्मा नगरपालिकामा पुगेर राष्ट्रपति रामचन्द्र पौडेल, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर निकाले जलाएका थिए ।

ताजा

Related Articles