16.1 C
Kathmandu
Friday, November 7, 2025

राष्ट्र र संविधानको रक्षाका लागि पर्वतमा मौन र्‍याली

२७ भदौ २०८२
राष्ट्र र संविधानको रक्षा तथा शान्ति र सद्भावका लागि पर्वतको कुश्मामा मौन र्‍याली सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्वतको अगुवाइ र विभिन्न संघसंस्थाको सहभागीतामा उक्त र्‍याली भएको हो । अहिले देशमा भइरहेको जेनजीको आन्दोलन र उत्पन्न अवस्थापछि देश, संविधान र लोकतन्त्रको रक्षा गर्दै संवैधानिक प्रक्रियाबाट नै राजनीतिक निकास निकाल्न जोड दिइएको छ । र्‍यालीमा नेपाल पत्रकार महासंघ पर्वतसँगै, पर्वत उद्योग वाणिज्य संघ, पर्वत बार इकाई, गैसस महासंघ पर्वत,मानव अधिकार संगठन पर्वत,नागरिक समाज संजाल पर्वत लगाएका संघसंस्थाहरुको प्रतिनिधिमुलक सहभागीता रहेको थियोे । मौन र्‍यालीमा सहभागीले राष्ट्रको रक्षा गरौं, संविधानको रक्षा गरौं, संवैधानिक प्रक्रियाबाट नै राजनीतिक निकास निकालियोस लगायतका नारा लेखिएको पर्चा हातहातमा लिएका थिए ।

ताजा

Related Articles