५ असोज २०८२,पर्वत-पर्वतको कुश्मा नगरपालिका-३, दुर्लुङमा १ महिने निशुल्क बिजुली तथा हाउस वायरिङ तालिम सम्पन्न भएको छ । समाजसेवी कुलप्रसाद पौडेलको सौजन्य तथा व्यवस्थापनमा संचालित उक्त तालिम शुक्रबार सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रम समापनका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका सचिव ठाकुर शर्मा पौडेलले सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभएको थियोे । कार्यक्रममा वडा अध्यक्ष तेज प्रसाद पाध्या लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिममा ३० जनाको सहभागिता रहेको थियोे ।तालिममा १ जना अनुशाशीत र २ जना उत्कृष्ट गरि ३ जना पुरस्कृत समेत गरिएको छ ।पुरस्कृत हुनेहरुमा किशोर अधिकारी ,बुद्ध गुरुङ र अमृत बिक रहेका छन् ।

