पर्वत-पर्वतको कुश्मा बजारमा कुखुरा फर्ममा मरेको कुखुरा भेटिएपछी जफत गरि नस्ट गरिएको छ । कुश्मा-५ मा रहेको एक फर्मबाट ५ वटा मरेको कुखुरा अनुगमन टोलिले नष्ट गरेको हो । मासु बधस्थलहरु फोहोर देखीएपछि फोहोर व्यवस्थापन गरेर मात्र व्यवसाय सञ्चालन गर्न टोलिले निर्देशन दिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द पर्वतले चाडवार्ड लक्षीत अनुगमन क्रममा शुक्रबार उक्त मरेको कुखुरा बेच्न लागेको भेटिएको बताइएको छ ।अनुगमनमा मासु पसलहरुकको मुल्य एकरुपता नभएको तथा मुल्य सुचि नराखीएको पाईएको हो। पसलेहरुले एउटै फ्रिजमा दुध दही, चिसो पेय पदार्थ सहीत मासु राखेर वित्रि वितरण गर्ने गरेको भेटीएको छ । मरेको कुखुरा प्रशोधन गर्ने मासु पसल सञ्चालकलाई सात दिन भित्र कार्यलयमा सम्पर्क गर्न निर्देशन दिइएको बताउँदै आवश्यक छानवीन गरीने भेटनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका निमित्त प्रमुख राम कृष्ण सुवेदीले जानकारी दिनुभयो । चाडपर्वको बेला बढी उपभोग हुने मासुमा व्यवसायीहरुले लापरबाही गर्न सक्ने भन्दै अनुगमनलाई जोड दिएको छ ।
अनुगमनमा मासु पसलहरु सरसफाई रहेको पाइएपनि अधिकाँश मामु उत्पादन गर्ने बधस्थलहरु फोहोर र अव्यवस्थीत भेटीएका थिए । कुश्मा बजारका १४ वटा मासु पसलहरुको अनुगमन गरीएको हो । अनुगमनमा मासु पसल सरसफाई युक्त राख्न, मुल्य सुची राख्न, र एउटै फ्रिजमा मासु सँगै अन्य खाध्य पदार्थ नराख्न सुझाव दिइएको छ । सुझाव कार्यन्वय नगरेमा आगामी अनुगमन पसल शिल गर्ने तथा अन्य कार्वाही गर्ने निर्देशन गरीएको हो । अनुमगनमा जिल्ला प्रशासनपर्वत पर्वत उद्योग वाणिज्य संग, उपभोक्ता मञ्च पर्वत तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

