9.1 C
Kathmandu
Wednesday, January 28, 2026

कुशलको छक्का प्रहारको बलले लागेर चियर लिडर बिक घाइते

काठमाडौं- कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा क्रिकेट बलले लागेर चियर लिडर घाइते भएकी छन् ।

घाइते हुनेमा शर्मिला विक रहेको जिल्ला प्रहरी परिसरका एसपी एवम् प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभयो ।

विकलाई उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ । उनको अनुहारमा चोट लागेको छ ।
जनकपुर बोल्ट्ससँगको खेलमा चितवन राइनोजका कप्तान कुशल  मल्लले छक्का हानेको बलले उनलाई लागेको थियो । उनी रगताम्मे भएकी थिइन् ।

ताजा

Related Articles