5.1 C
Kathmandu
Tuesday, January 27, 2026

अपुन एचके फाउन्डेसन नेपालका संस्थापक अपुन एचकेकी आमा बाटुली कस्यपको निधन

१५ पौष,पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङ जन्मघर भई हाल हङकङमा बस्दै आउनुभएका समाजसेवी तथा अपुन एच.के. फाउन्डेसन नेपालका संस्थापक अपुन एचके भोटेकी आमा बाटुली कस्यप लोहनीको निधन भएको छ । यहीँ मिति २०८२ पौष १३ गते सनिवार उहाँको भैरहवामा उपचारका क्रममा ८२ बर्षको उमेरमा निधन भएको हो ।

बाटुली कस्यपको निधनले उहाँको गाउँ पर्वत जिल्ला महाशिला गाउँपालिका-३ भोक्सिङ खालीडाँडा शोकमा डुबेको छ । आमाको  उपचारका लागि भएभरको प्रयास गर्दापनि आमालाई बचाउन नसकिएको अपुन एचकेले बताउनुभयो । जन्म मृत्यु प्रकृतिको नियम हो तर आफ्नो आमालाई गुमाउनुपर्दा आफुलाई सहनै नसक्ने पीडा भएको अपुन एचके बताउनुहुन्छ । बाटुली कस्यपको पार्थिव शरिरलाई भोक्सिङ स्थित आफ्नै चिहानघाटमा परम्परा अनुसार आफन्तजन, गाउँले र छिमेकीहरुको उपस्थितिमा दाहसंस्कार गरिएको छ । दुई नालबाट गरि बाटुली कस्यपका ५ छोरा र ४ छोरी रहेका छन् ।

ताजा

Related Articles