चाडपर्वलाई लक्षित गरि खौला लाँकुरीमा मोटरबाटो मर्मत तथा सरसफाइ

३१ असोज २०८३,पर्वत- नेपालीहरूको महान् चाड दसैँ, तिहारलगायतका चाडपर्व नजिकिएसँगै पर्वतको कुश्मा नगरपालिका–१३, खौला लाँकुरीमा विभिन्न मोटरबाटोको मर्मत तथा सरसफाइ गरिएको छ।

वडा कार्यालयको पहलमा स्थानीय बासिन्दालाई चाडपर्वका बेला आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले वडाभित्रका विभिन्न मोटरबाटो मर्मत तथा सरसफाइ गरिएको वडा अध्यक्ष तेजप्रसाद शर्माले जानकारी दिनुभयो।

उहाँका अनुसार विरौटा–मुलमाथि–ऐँसेलुचौर मोटरबाटो, वाम्रा–चालिसेडाँडा–राताडाँडा मोटरबाटो, राताडाँडा–मगरपानी–कोलेकी चौपरी मोटरबाटो, सेताढुङ्गा–चनौटे–वाटेदह मोटरबाटो तथा साहुडाँडा–वडा कार्यालय–वाम्रा–हिले मोटरबाटो मर्मत तथा सरसफाइ गरिएको हो।

वडा अध्यक्ष शर्माले चाडपर्वका समयमा गाउँघरमा मानिसको आवतजावत बढ्ने भएकाले सडकलाई सहज र सुरक्षित बनाउन मर्मत तथा सरसफाइलाई प्राथमिकता दिइएको बताउनुभयो। उहाँले चाडपर्वका बेला स्थानीय बासिन्दा तथा गाउँ फर्किने यात्रुलाई आवतजावतमा सहजता होस् भन्ने उद्देश्यले वडा कार्यालयले आवश्यक पहल गरेको उल्लेख गर्नुभयो।

सडक मर्मत तथा सरसफाइपछि स्थानीय बासिन्दा, सवारीसाधन चालक तथा चाडपर्व मनाउन गाउँ फर्किने यात्रुहरूलाई आवतजावतमा सहज हुने भएको छ ।

ताजा

Related Articles