पर्वत- पर्वतको मोती सामुदायिक पुस्तकालय र रिड नेपालबीच सुरक्षित आप्रवासन दियो र ट्याग परियोजना कार्यक्रम सम्झौता भएको छ । मोती सामुदायिक पुस्ताकालयमा बिहीवार र शुक्रवार आयोजित समारोहमा पुस्तकालय र रिड नेपालका पदाधिकारीबीच द्धिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।
सुरक्षित आप्रवासन दियो परियोजना तेस्रो पटक सम्झौता भएको हो । यो परियोजना साढे दश महिनासम्म संचालन हुनेछ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र लाभदायक बनाउने उद्देश्यका साथ सुरक्षित आप्रवासन दियो परियोजना शुरु भएको हो । यो परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य यसबाट लाभान्वित हुने छन् । परियोजनाका कारण लक्षित वर्गले सही सूचना पाउने छन् ।

त्यस्तै टेक एज गर्लस (ट्याग) परियोजनामा छात्राहरु समावेश हुनेछन् । यो परियोजनामा ९ देखि १२ कक्षा सम्मका ५५ जना छात्रा छनोट गरिने छ । लिखित र अन्तरवार्ताको माध्यमबाट छनोट गरिने परियोजनामा कम्प्युटर शिक्षा सँगै नेतृत्व तथा क्षमता विकास तालिम दिईने छ । त्यसबाट उत्कृष्ट २७ जना छात्रा छनोट गर्ने र फेरी उनीहरुबाट उत्कृष्ट ५ जना छात्रा छनोट हुनेछन् । ५ जना छात्रालाई काठमाडौँ लगेर आत्मनिर्भर बनाउन विभिन्न तालिम र सिपहरु दिईनेछ ।
कार्यक्रममा रिड नेपालका उप– निर्देशक चिनकाजी श्रेष्ठले नेपालमा रिड नेपालले गरेका गतिविधि वारे जानकारी प्रस्तुत गर्नुभएको थियो भने सुरक्षित आप्रवासन तेस्रो फेज (दियो र टेक एज गर्लस नया कार्यक्रमको वारेमा जानकारी गराउनु भएको थियो । उक्त दुवै कार्यक्रमको सहजीकरण रिड नेपालको तर्फवाट ट्याग कार्यक्रम संयोजक भाग्यश्री विष्ठ रअमृत पोखरेलले प्रस्तुत गर्नुभएको थियो ।
सम्झौता प्रश्चात नगरप्रमुख गंगाधर तिवारीले यस पुस्तकालयले संचालन गरेका कार्यक्रमले समुदायमा राम्रो प्रभाव पारेको बताउँदै पालिकाले पुस्तकालयको कार्यक्रममा सहकार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । कार्यक्रमका अध्यक्ष कृष्णराज पौडेलले पुस्तकालयले गरेका कार्यक्रममा सबैको साथ र सहयोगमा यस कार्यक्रमलाई पनि सफल वनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा फलेवास नगरपालिका सामाजीक विकास संयोजक तथा फलेवास नगरपालिका वडा नं ५ का अध्यक्ष श्री नारायण प्रसाद लामिछाने, फलेवास नगर पालिका नगरशिक्षा अधिकृत कृष्णप्रसाद आचार्य, नगर कार्यपालिका सदस्य चन्द्र नेपाली,भवानी विद्यापिठ मा.विका प्रधानाध्यापक अर्जुन कुमार रेग्मी, लिमिठाना मा.विका प्रधानाध्यापक यामप्रसाद शर्मा, माटेदेवल प्राविधिक शिक्षालयका मा.वि.शिक्षक सन्तोसराज पौडेल, जनता मा.वि. देविस्थानका शिक्षिका डिना शर्मा जनता प्रा.वि. अर्मानाकी शिक्षिका ईन्दिरा तिवारी ,फलेवास मोडेलका प्रिन्सिपल नेत्र वराल, समिति सदस्य दुर्गा सुवेदी , टोलविकास संयोजक अर्जुन क्षेत्री, खानीगाउ प्रहरी चौकी प्रमुख विर्ख बहादुर रोकाय, पत्रकार अगन्धर तिवारी,पर्वत बहुमुखि क्याम्पस प्रध्यापक रामचन्द्र पुरी,मोती पुस्तकालय समिति सदस्य लकास सुवेदी, हरि प्रसाद शर्मा ,सन्देश लामिछाने,रेडियो पर्वतका पत्रकार रामचन्द्र भुसाल लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको संचालन मोती सामुदायिक पुस्तकालयका वरिष्ठ लाईब्रेरियन तथा दियो फोकल पर्सन ईन्द्र प्रसाद सापकोटाले गर्नुभएको थियो ।