फाइनलमा पुगेका पर्वतका अरुण सुनारलाई जिताउन भोटको अपिल, भोट गर्न २ दिन बाकी !

390

पर्वत/ग्यालेक्सी फोके टेलिभिजनद्वारा संचालित सारेगमप लिल च्याम्पको फाइनलमा पुगेका पर्वतका अरुण सुनारलाई विजयी गराउन भोटको अपिल गरिएको छ । उक्त रियालेटी शोको फाइनलमा पुगेका सुनारले सबैसँग भोटको अपिल गरेका छ्न,भने अभियान्ताहरु पनि भोटको अपिल गर्दै विभिन्न ठाउँमा पुगेका छन् । सुनारको घरपरिवारसँगै जिल्लाका प्रतिष्ठित व्यक्ति, संचारकर्मी तथा अरुणका शुभेच्छुकहरुले सामाजिक संजालमा समेत भोटको अपिल गर्नुभएको छ । भोटको अपिल गर्नका लागि पर्वत सदरमुकाम कुश्मा बजारसँगै पोखरा, बाग्लुङ बजार, म्याग्दीको बेनि बजार लगायतका ठाउँमा संचारकर्मी तथा अभियान्ताहरुको टोली अरुण जिताउ अभियानमा लागेको संचारकर्मी दिपेश बि पोख्रेलले जानकारी दिनुभयो । उनको प्रतिभाको कदर तथा सम्मान गर्दै देश बिदेशमा रहनुहुभएका सबैलाई भोट गर्न अपिल गरिएको उहाँले बताउनुभयो । उत्कृष्ट प्रस्तुतिले मात्र नभएर विजयीका लागि अत्यधिक भोटको आवश्यकता भएकाले सबैलाई भोटको अपिल गरिएको अरुणका सानोबुबा सुरज बरालले बताउनुभयो । अरुणलाई फाइनलसम्म ल्याउन संचारकर्मी, सहयोगी महानुभावहरु,समाजसेवी तथा अन्तर्राष्ट्रिय पर्वत समाजको अतुलनीय सहयोगी भुमिका रहेको बताउदै अब पनि उत्तिकै सहयोगको आवश्यकता रहेको उहाँले बताउनुभयो । पर्वतको क्याङ घर भएका अरुण अन्तिम प्रतिस्पर्धामा गण्डकी प्रदेशका एकमात्र प्रतियोगी हुन । सानै उमेरदेखि नै गित संगीमा रुचि राख्ने अरुणले सारेगमप लिल च्याम्पमा पनि उत्कृष्ट प्रस्तुति दिएका छन् ।बहु प्रतिभाका धनी सुनारले उक्त रियालिटी शोको पहिलो प्रस्तुतिमा नै उत्कृष्ट गित गाएर गोल्डेन माइक प्राप्त गरेका थिए । उक्त रियालेटी शोको फाइनल यहीँ माघ २२ गते हुँदैछ । फाइनलमा अरुणसँगै ५ जना प्रतियोगी रहेका छ्न ।
अरुणलाई भोट गर्ने तरिका तलको तस्बिरमा उल्लेख गरिएको छ:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here