21.1 C
Kathmandu
Friday, April 17, 2026

कोरोना संक्रमित बढेपछि पर्वतमा आजदेखी निषेधाज्ञा,बिद्यालय पनि बन्द!

पर्वत-पर्वतमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएपछि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन समिति(DCMC)को निर्णय अनुसार जिल्लाभर लागू हुनेगरी आजदेखि निषेधाज्ञा जारी गरिएको हो ।जिल्लाका सबै शैक्षिक संस्था, सिनेमाहल ,पार्टी प्यालेस, व्यूटिपार्लर,शैलुन ,माघ १५ सम्मका लागि बन्द गरिने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।
मठ मन्दिरमा नित्य पुजा बाहेक अन्य क्रियाकलाप माघ २९ सम्म बन्द गर्ने,होटल व्यवसाय लगायत सेवाप्रदायक निकायहरुमा सेवाग्राहीको अनिवार्य दुवै डोजयुक्त खोपकार्ड देखाएर सेवा दिन आदेश जारी भएको छ ।आदेशलाई अवज्ञा गरिएमा कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय पर्वतले चेतावनी दिएको छ ।
पछिल्लो समय दिनहुँ कोरोना संक्रमित बढेकाले सबै सजग र सतर्क रहन प्रमुख जिल्ला अधिकारी खत्रीले आग्रह गर्नुभयो ।
जिल्लामा संक्रमण बढेपनि सर्वसाधारणहरुले संक्रमणप्रति बेवास्ता गरेको भन्दै प्रशासनबाट जारी आदेशको पुर्ण पालन गर्न सबैलाई अनुरोध गर्नुभएको छ ।
पर्वतमा पछिल्लो समय एन्टिजेन परीक्षण लाई तिब्रता दिइएको छ । परीक्षण गरिएका मध्ये झण्डै ७० प्रतिशतमा संक्रमण देखिएको जिल्ला अस्पताल पर्वतले जनाएको छ ।

ताजा

Related Articles