लक्ष्मण विश्वकर्मा,पर्वत/पर्वतको पैंयु गाउँपालिका वडा नं. ४ हुवासमा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन गरिएको छ । शुक्रबार वडाको भेला आयोजना गरि सीता न्यौपानेको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा घनश्याम बसेल, सचिव रेशम बसेल र उपसचिवमा कमल बसेल चयन हुनुभएको छ ।
कमटी गठन कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला अध्यक्ष मोती पौडेलले समाज रुपान्तरण र सकारात्मक परिवर्तनका लागि सबै जनसमुदाय नेकपा एकीकृत समाजवादीमा गोलबन्द हुन पौडेलले आग्रह गर्नुभयो । गलत प्रवृत्तिको बिरोध गर्दै युवा र बुद्धिजीवी वर्ग पार्टीमा हुमिएको केन्द्रिय निर्वाचन आयोगका सदस्य उदय सुवेदीले बताउनुभयो । नेकपा एसका जिल्ला उपसचिव विराज हमालले पर्वतका सबै पालिका र वडामा कमिटी विस्तारमा तिव्रता दिएको बताउनुभयो ।अन्याय,अत्याचार, नातावाद, कृपावादको बिरोध गर्दै पार्टीले गाउँठाउँका समस्या बुझेर जनमुखी काम गर्ने हमालले बताउनुभयो । कार्यक्रममा प्रगतिशील शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष रेशम न्यौपाने,समाजवादी प्रेस संगठन नेपाल पर्वतका अध्यक्ष लक्ष्मण विश्वकर्मा, म्याग्दीका अध्यक्ष लोकनाथ भुसाल,अनेरास्ववियू स्थायी कमिटी सदस्य सन्तोष न्यौपाने, अनेरास्ववियू पर्वतका अध्यक्ष सन्तोष सुनाम लगायतको उपस्थिति रहेको थियो ।
पर्वतको पैंयु ४ हुवासमा न्यौपानेको अध्यक्षतामा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन !

