19.1 C
Kathmandu
Thursday, April 30, 2026

प्रदेश सरकार स्थापना भएको अवसरमा फागुन ४ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा !

पर्वत/गण्डकी प्रदेश सरकारले फागुन ४ गते बुधवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुबेदीद्वारा जारी गरिएको सूचनामा मङ्गलवार बसेको मन्त्रीपरिषद्को बैठकले गण्डकी प्रदेश सरकार स्थापना भएको दिवसको अवसरमा फागुन चारमा बिदा दिने निर्णय गरेको उल्लेख गरिएको छ।
‘गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७८ फागुन ३ गते बसेको बैठकको निर्णयअनुसार गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा २०७८ फागुन ४ गते बुधवारका दिन गण्डकी प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ÷संस्था एवं शिक्षण संस्था समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’ सूचनामा भनिएको छ।

ताजा

Related Articles