24.1 C
Kathmandu
Friday, April 17, 2026

नेकपा एस फलेवास नगर कमिटीको बैठक सम्पन्न!

पर्वत/पर्वतको फलेवास नगरपालिका-५ खानीगाउँमा नेकपा एकीकृत समाजवादी फलेवासको नगर कमिटी बैठक आइतबार सम्पन्न भएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि केन्द्रिय निर्वाचन आयोगका सदस्य उदय सुवेदीले नेपालको सच्चा कम्युनिस्ट पार्टी एकीकृत समाजवादी भएकाले आफूहरु समाजवादीमा आवद्ध भएको बताउनुभयो । “नेपालमा एकमात्र कम्युनिस्ट पार्टी भनेकै एकीकृत समाजवादी हो, त्यसैले कम्युनिस्टमा आस्था राख्ने तपाइहरु जो कोही पनि निर्धक्क भएर यो पार्टीमा आवद्ध हुनुहोस् । हामीले तपाईहरुका इच्छा र अधुरा सपनाहरु पूरा गरेरै छाड्नेछौं” प्रमुख अतिथि सुवेदीको भनाई रहेको थियो ।

साथै सुवेदीले नजिकिएको चुनावलाई लक्षित गरेर आगामी पार्टीको कार्यदिशा र योजनाका बारेमा समेत प्रष्ट पार्नुभएको थियो । बैठकमा गण्डकी प्रदेश सदस्य चिरञ्जीवि पौडेलले आफूहरु जीतको नजिक पुगिसकेको बताउँदै कत्तिपनि बिचलित नहुन आग्रह गर्नुभएको थियो ।
समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला सदस्य लोकनाथ भुसालले एमाले अब कम्युनिस्ट नरहेको र आफूहरुले कम्युनिस्ट पार्टी नछोडेको बताउनुभयो । बैठका भुसालले समाजवादीका चुनावी एजेन्डाहरुका बारेमा पनि आफ्ना विचारहरु राख्नुभएको थियो । बैठकमा किसान महासंघका केन्द्रिय सदस्य तथा जिल्ला दिपक भुसाल, वाम बुद्धिजीवी पदमपाणि भुसाल, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य लोकनाथ भुसाल, सुरज श्रेष्ठ, रामप्रसाद भुसाल, कुलप्रसाद तिवारी लगायतले आफ्ना भनाई राख्दै आफूहरु एकीकृत समाजवादी पार्टीमै रहेर कम्युनिस्ट क्रान्तिलाई अगाडि बढाउने बताउनुभयो ।
बैठकले हेम शर्मा उपाध्याय, दिपक भुसाल, पदमपाणि भुसाल र मनोज भुसाललाई नगर कमिटीमा मनोनित गर्दै युवा संघको नगर कमिटी, किसान महासंघको नगर कमिटी र महिला संघको नगर कमिटी गठनका लागि इन्चार्जहरु समेत तोकेको छ ।
नगर अध्यक्ष कृष्णप्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव बिष्णु रिजालले गरेका थिए ।

ताजा

Related Articles