बागलुङ – आइएमइ लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ ।शुक्रबार कम्पनीको बागलुङ शाखाले बडिगाड गाउँपालिका वडा नम्बर १ नेपानेकी बिमित सावित्रा थापाको मृत्यु पश्चात बिमितका इच्छाएको व्यक्ति उहाँका श्रीमान बेलबहादुर थापालाई बिमा योजना अन्तर्गतको दाबी भुक्तानी गरेको हो ।
आइएमइ लाईफ ईन्स्योरेन्सका गण्डकी प्रदेशका एरिया ब्रान्च मेनेजेर कृष्ण पौडेलले ३१ लाख ५ हजारको चेक सावित्रा थापाकी श्रीमान बेलबहादुर थापालाई हस्तान्तरण गर्नुभएको हो । ऐजेन्सी म्यानेजर मिना थापाले १५ लाखको जीवन बिमा गराउनुभएको थियो ।
कार्यक्रमा सिनियर ऐजेन्सी म्यानेजर ममता शर्मा, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी र एजेन्सी मेनेजर मिना थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्याक्रमको संचालन बाग्लुङ शाखाका प्रमुख इन्द्र शर्मा सापकोटा गर्नुभएको थियो ।

