24.1 C
Kathmandu
Thursday, April 16, 2026

प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बाढी पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । आगामी ६ घण्टामा यी क्षेत्रका केही ठाउँमा वर्षाको सम्भावना रहेकोले  यस क्षेत्र  भई बहने साना नदीमा आकस्मिक बाढी आउनुका साथै भिरालो जमिनमा पहिरो जाने जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यसैबीच, आज  प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ताजा

Related Articles