19.1 C
Kathmandu
Thursday, April 16, 2026

पर्वतको शिवालय मा.वि. कुश्माको ४२ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

पर्वत-सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सव तथा ४१ औँ अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न अक्षयकोषहरुबाट प्राप्त एक लाख ८३ हजार रुपैयाँ रकमबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । सोही अवसरमा विद्यालयले आयोजना गरेका बिभिन्न कार्यक्रमहरु तथा उपलब्धि परीक्षाका पुरस्कारहरु पनि विद्यार्थीलाई विरतण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद तिवारी रहेका थिए । कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट सृष्टि नेपाली र होम बहादुर क्षेत्रीले भनाइ राखेका थिए । यस्तै कुश्माकै नारायण माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक प्रकाश रिजाल, शिक्षक अभिभावक सङ्घका अध्यक्ष नारायण गिरी, अक्षयकोषदाताका तर्फबाट मान कुमारी गिरी, संस्थापक अध्यक्ष तोयनाथ चालिसे, शिवालय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लेखनाथ उपाध्यायले पनि शैक्षिक क्षेत्रमा शिवालय माध्यमिक विद्यालयले पु¥याइरहेको योगदानका बारेमा चर्चा गरेका थिए ।

शिक्षक राजेन्द्र पहाडीले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक आनन्द पौडेलले गरेका थिए ।

ताजा

Related Articles