पर्वत- पर्वतको पैंयु गाउँपालिका-६ साधनेमा पहिराेले गाेठ बगाएकाे छ । आज बिहानै आएकाे पहिराेले स्थानीय कमानसिंह रानाकाे गाेठ बगाएकाे हाे । पहिराेले गाेठमा रहेका दुई गाेरु, एक राँगा पुरेको वडा अध्यक्ष गंगा अधिकारीले जानकारी दिए । उनका अनुसार पहिराे बिहान करिब ५ बजे गएकाे हाे ।

