17.1 C
Kathmandu
Friday, May 1, 2026

महाशिलामा दशैं तिहार मेला सम्पन्न, १ लाख राशीको भलिबल पुरस्कार आयोजकले राख्यो

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुँखुदेउराली आहालेमा दशैँ-तिहार मेला सम्पन्न भएको छ । स्थानीय समावेशी युवा क्लबले यहीँ असोज २८ देखि आयोजना गरेको उक्त मेला सनिवार सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुसालले क्लबले आयोजना गरेको कार्यक्रमले स्थानीय कला, संस्कृति र खेलकुदको विकास र प्रबर्द्धन गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न अग्रसर रहेकोे बताए । महाशिलाको विकास र समृद्धिका लागि शिक्षा, स्वास्थ्य, सडक, खानेपानी,कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रमा महत्त्वपूर्ण कार्यहरू गर्दै आएको उनले बताए । कार्यक्रममा महाशिला गाउँपालिका वडा नं. ५ लुंखुंदेउरालीका वडा अध्यक्ष चन्द्र बहादुर मल्ल, नेपाली कांग्रेस पर्वतका सचिव अशोक उचै ठकुरी, महेन्द्र ज्योति माबिका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष एक बहादुर हमाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मेलामा आयोजित १ लाख पुरस्कार राशीको वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा आयोजक प्रथम भएको छ । प्रतियोगितामा सम्झना युवा क्लब हिले,दिर्तिय र दिपशिखा युवा क्लब महाशिला-६,फलामखानी तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, दिर्तिय र तृतीय हुनेले क्रमशः १ लाख, ५० हजार र २५ हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा, उत्कृष्ट खेलाडी,स्पाइकर,ब्लकर, डिफेन्डर,सेटर र उदयमान खेलाडीलाई सम्मान समेत गरिएको छ ।

कार्यक्रम समापनका अवसरमा कार्यक्रमका सहयोगीहरुलाई सम्मान गरिएको थियोे । क्लबका अध्यक्ष सागर बिकको अध्यक्षतामा संचालन भएको उद्घाटन कार्यक्रमको संचालन मेला व्यवस्थापक तथा पत्रकार दिपेश बि पोख्रेल र बेल बहादुर परियारले गरेका थिए । कार्यक्रममा हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहेको थियो ।

ताजा

Related Articles