25.1 C
Kathmandu
Friday, April 17, 2026

पर्वतमा पाठेघरको मुखको क्यान्सर विरुद्ध किशोरीहरुलाई एच.पि.भी खोप लगाइदै

पर्वत-पर्वतमा पाठेघरको मुखको क्यान्सर विरुद्ध किशोरीहरुलाई एच. पि. भी कोप अभियान संचालन गरिने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा यहीँ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म उक्त खोप अभियान संचालन गर्न लागिएको हो । खोपका बारेमा पर्वतको कुश्मामा जिल्ला खोप समन्वय समिति, संचारकर्मी र सरोकारवालाको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पर्वतमा विभिन्न विद्यालयका १९५ खोप केन्द्रबाट ४ हजार ७ सय १९ जना किशोरीहरुलाई खोप लगाउन लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माले जानकारी दिए । कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ४ हजार ६ सय ६७ र समुदायमा रहेका ५२ जना गरि १० बर्षदेखि १४ बर्षसम्मकालाई खोप लगाइने उनले बताए । खोपका सम्बन्धमा प्रदेश, जिल्ला र स्थानीय तहमा अभिमुखिकरण सम्पन्न भएको साथै स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरिएको छ ।

पाठेघरको मुखको क्यान्सर हुन नदिन यो खोप महत्त्वपूर्ण रहेको र खोप लगाउदा कुनै समस्या हुँदा अनिवार्य खोप लगाउन सबैलाई शर्माले अनुरोध गरेका छन् । अभियानलाई कार्यालयले २ चरणमा सञ्चालन गर्दैछ । पहिलो चरण अन्तर्गत माघ २२ गते देखि २७ गतेसम्म कुश्मा नगरपालिका, मोदी गाउँपालिका, फलेवास नगरपालिका र जलजला गाउँपालिकामा सम्पन्न हुनेछ । दोस्रो चरण अन्तर्गत माघ २८ गते देखि फागुन २ गतेसम्म विहादी गाउँपालिका, महाशिला गाउँपालिका र पैयू गाउँपालिकामा सञ्चालन हुने कार्यालयका जनस्वास्थ्य निरिक्षक प्रकाश गौतमले जानकारी दिए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष बिष्णुराम बिक र पर्वतका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सरकारले निशुल्क प्रदान गरेको खोप लगाई क्यान्सर हुनबाट जोगिन सबैलाई अनुरोध गरेका छन् । खोप अभियानलाई सफल बनाउन संचार्कर्मीहरुको महत्त्वपूर्ण भुमिका रहेको बताउदै संचार माध्यमबाट खोपका बारेमा प्रचारप्रसारमा जोड दिन उनिहरुले आग्रह गरेका थिए । यो खोप एकपटक मात्र लगाए पुग्ने र ढुक्क भएर खोप लगाउन अनुरोध गरिएको छ ।

किशोरीहरुलाई एच.भि.पि नामको खोप देशभर एकै साथ लगाउन लागिएको हो । खोप अभियानमा कुल १ सय ५ खोप फोकल पर्सन, १ सय ९५ खोप स्वास्थ्यकर्मी र ३ सय ९० स्वयंमसेविका परिचालन हुनेछन् ।

 

ताजा

Related Articles