पर्वत-पर्वत प्रहरी र नेपाल पत्रकार महासंघ पर्वतबीच भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा ३-० गोलले प्रहरीको टिम विजयी भएको छ ।
महाशिवरात्रीको उपलक्ष्यमामा जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा उक्त प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन बिष्ट र नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले मैत्रीपुर्ण फुटबल प्रतियोगिताले प्रहरी र पत्रकारबीच भाइचारा, सद्भाव र आत्मीयता बढाएको बताए ।
स्वास्थ्य जीवनका लागि खेलकुद महत्त्वपूर्ण रहेको उनीहरूको भनाइ थियोे ।
पर्वत प्रहरी र नेपाल पत्रकार महासंघ पर्वतबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न

