21.1 C
Kathmandu
Friday, April 17, 2026

प्रेस युनियन पर्वतको आयोजनामा फोटोग्राफी तालिम सम्पन्न

पर्वत-पर्वतका क्रियाशिल पत्रकारहरुका लागि एक दिने फोटोग्राफी तालिम सम्पन्न भएको छ । नेपाल प्रेस युनियन पर्वतको आयोजनामा उक्त तालिम शुक्रबार कुश्मामा सम्पन्न भएको हो ।
पत्रकारहरुलाई सक्षम, आत्मनिर्भर, र प्रविधिसँग अपडेट बनाउन र उनीहरुबाट तयार गरिने समाचारलाई अझ प्रभावकारी र आकर्षक बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारीले जानकारी दिए ।

कार्यक्रममा प्रेस युनियन पर्वतका संस्थापक अध्यक्ष ओम प्रसाद शर्मा “घायल”, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य माया अधिकारी र पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
फोटो पत्रकार अमोल शर्माले तालिमको प्रशिक्षण गरेका थिए । नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिष्णु गौतमको स्वागत मन्तव्य र कार्यक्रमको संचालन सचिव सुमनजंग थापाले गरेका थिए ।

ताजा

Related Articles