21.1 C
Kathmandu
Friday, April 17, 2026

फलेवास नेपानेमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु,२ जना घाइते

कुश्मा बजारबाट यात्रु लिएर ठानामौलाको नेपाने जाँदै गरेको जीप राती करिब ९ बजेको समयमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर फलेवास नगरपालिका ८ ठानामौलाका ३९ बर्षका डोलबहादुर क्षेत्रीको उपचारको क्रममा पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक सुमित श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा घाइते २ जनाको पर्वत अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटनामा घाइते भएका ३४ बर्षका चालक विक्रम सुनार र ३३ बर्षका सुरज विश्वकर्माको पर्वत अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी हराईरहेका ४१ बर्षका मनबहादुर विक सोमबार विहान स्थानीयको गोठबाट उद्धार गरी उपचारका लागि कुश्मा ल्याइएको प्रहरीले जनाएको छ ।

ताजा

Related Articles