अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाद्वारा खुर्कोटमा वृक्षारोपण

२७ साउन २०८३, पर्वत – अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कुश्मा नगरपालिका–२, खुर्कोटमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कुश्मा नगरपालिका–२ वडा समितिको आयोजनामा उक्त कार्यक्रम आज सम्पन्न भएको हो ।

युवाको सक्रियता, सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

सहभागीहरूले विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षणमा युवाको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।

वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणसँगै स्थानीयस्तरमा युवाहरूलाई सामाजिक तथा रचनात्मक गतिविधिमा सक्रिय बनाउने सन्देश दिइएको रास्वपा कुश्मा नगर सभापति रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने पार्टीका सम्पूर्ण सदस्य तथा स्थानीयवासीप्रति रास्वपा कुश्मा नगरपालिकाले धन्यवाद तथा आभार व्यक्त गरेको छ। आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणसँग सम्बन्धित रचनात्मक अभियानलाई निरन्तरता दिने बताइएको छ।

ताजा

Related Articles