प्रतियोगिताबारे जानकारी दिँदै खेलकुद संयोजक एन्जल कर्माचार्यले प्रतियोगिताका लागि आवश्यक सबै तयारी पूरा भएको बताउनुभयो। उहाँका अनुसार प्रतियोगितामा २७ टोलीको सहभागिता रहनेछ भने खेललाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धात्मक बनाउन आवश्यक व्यवस्थापन गरिएको छ।
पर्वत जेसीज–२०२६ की अध्यक्ष शर्मिला पौडेलले युवाको क्षमता र प्रतिभालाई खेलकुदमार्फत उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले प्रतियोगिताले खेलकुदको विकाससँगै जिल्लाका युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताले जिल्लामा खेलकुदको वातावरण थप उत्साहपूर्ण बनाउने आयोजकको अपेक्षा छ। प्रतियोगितामा सहभागी टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ साथमा शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

